एन्फा केन्द्रीय सदस्यमा अधिकारी र धिमाल निर्वाचित

बुधबार, मंसिर ७, २०७९
काठमाडौं–अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभाबाट सदस्यमा रुपेश अधिकारी र दिपेन्द्र धिमाल निर्वाचित भएका छन् । काठमाडौंमा आज भएको विशेष साधारण सभाले दुई सदस्य निर्वाचित गरेको हो । विजयी अधिकारीले ५४ र धिमालले ४७ मत प्राप्त गरे । पराजित लोकेन्द्र गुरुङले ४५ र दीपक थापाले ७ मत प्राप्त गरे । धिमाल अध्यक्ष पंजक विक्रम नेम्वाङ र बाँकी तीन निर्वतमान अध्यक्ष कर्मा छिरिङ शेर्पाको समूहबाट निर्वाचन प्रतिस्पर्धा गरेका थिए । यसअघि गत असार ६ गते भएको केन्द्रीय सदस्यका ४ उम्मेदवारले समान ३९ मत प्राप्त गरेपछि विशेष साधारण सभाबाट टुंगाउने निर्णय भएको थियो । असार ६ गते २१ सदस्यीय कार्यसमितिको निर्वाचनबाट अध्यक्ष, पदाधिकारी, सदस्य गरि १९ जना निर्वाचित भएका थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २१:४०
प्रतिक्रिया दिनुहोस्