बंगलादेशविरुद्धकाे खेलमा अञ्जन विष्टकाे ह्याट्रिक, पहिलो हाफमा नेपाल ३– ० ले अगाडि

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ– नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण खेलको पहिलो हाफमा अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा नेपालले ३–० गोलको अग्रता बनाएको हो ।

अञ्जन विष्टले ह्याट्रिक पूरा गरेपछि नेपालले पहिलो हाफमै ३–० को अग्रता बनाएको हो ।

नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेलिरहेको हो ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २१:४१
प्रतिक्रिया दिनुहोस्