पाकिस्तान इङ्ल्यान्ड शृङ्खला २–२ मा

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ – इङल्यान्डमाथि तीन रनको जितसहित पाकिस्तानले सात खेलको टी–२० शृङ्खलामा २–२ को बराबरी गरेको छ । एक सय ६६ रनको लक्ष्य पछ्याएको इङल्यान्ड १९.२ ओभरमा एक सय ६३ रनमा सीमित भयो । इङल्यान्डका लियाम डसन र ह्यारी ब्रुकले समान ३४ रनको योगदान गरे । त्यस्तै बेन डकलेडले ३३ र कप्तान मोइन अलीले २९ रन जोडे । पाकिस्तानका मोहम्मद नवाज र ह्यारिस रौफले समान तीन तथा मोहम्मद हासनैनले दुई र मोहम्मद वासिमले एक विकेट लिए । यसअघि राष्ट्रिय रङ्गशालामा टस हारेर ब्याटिङका लागि आएको पाकिस्तानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ६७ रनको योगफल खडा गरेको थियो । पाकिस्तानका ओपनर मोहम्मद रिजवानले सर्वाधिक ८८ रन बनाए । उनले ६७ बलमा नौ चौका र एक छक्का प्रहार गरे । कुनै समय १२ ओभरमा एक विकेट गुमाएर ९७ रन बनाएको पाकिस्तानले सोही अनुरूपको फिनिसिङ गर्न भने सकेन । कप्तान बाबर आजम ३६ रनमा आउट भए । यसबाहेक, टिमको खातामा सान मसुदले २१ र आसिफ अलिले तीन बलमा १३ रन थपे । इङ्ल्यान्डका रिसे टोप्लेले दुई विकेट लिए । यस्तै, लियम डव्सन र डेविड विलीले एक विकेट लिए ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:१२
प्रतिक्रिया दिनुहोस्