राष्ट्रिय फुटबल टोलीको घोषणा

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ– यही असोज ११ गते दशरथ रंगशालामा आयोजना हुने बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । नेपालका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाईंले बिहीबार बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट अन्तिम टोलीको नाम घोषणा गरेका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा हुमागाईंले तयारी राम्रो गरेकोले घरेलु मैदानमा जितका लागि खेल्ने बताए । टोलीमा पूराना र नयाँ खेलाडीको समिश्रण रहेको छ । यसअघि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीसँगको विवादका कारण क्याम्प छाडेका १० जना खेलाडीलाई टोलीमा राखिएको छ । राष्ट्रिय टोलीमा रितिक खड्का र आशिष चौधरीले पहिलो पटक स्थान बनाएका छन्। चोटका कारण सुनिल बल बाहिरिएका छन् । कप्तानको घोषणा खेलअघि गरिने प्रशिक्षक हुमागाईंले बताए । नेपाली टोली  गोलरक्षक : किरण चेम्जोङ, विशाल श्रेष्ठ, विकेश कुथु र दीप कार्की, रक्षक : रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दिनेश राजवंशी, सुमन अर्याल र रेजिन धिमाल मिडफिल्डर : सुदीप गुरुङ, तेज तामाङ, सेसेहाङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज ज्यु ठकुरी र एरिक विष्ट स्ट्राइकर : विमल घर्तीमगर, अन्जन विष्ट, रितिक खड्का, मनिष डाँगी र आशिष चौधरी ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:१३
प्रतिक्रिया दिनुहोस्