पीपीएल टी–२० क्रिकेट प्रतियोगिता सुरु

बुधबार, मंसिर ७, २०७९
बैतडी–बैतडीको पाटनमा दोस्रो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) पुरुष टी–२० खुला क्रिकेट प्रतियोगिता शुरु भएको छ । उद्घाटन खेलमा धारिलो क्रिकेट क्लबले भूमेश्वर युवा क्लबलाई पराजित गरेको छ । यस्तै अर्को खेलमा महामाया क्रिकेट क्लबलाई स्तब्ध पार्दै ग्वाल्लेक क्रिकेट क्लबले विजयी शुरुआत गरेको छ । २४ टोली सहभागी प्रतियोगिता असोज १५ गते सम्पन्न हुने आयोजक पाटन क्रिकेट क्लबका सचिव खेमराज अवस्थीले बताए। प्रतियोगिताको विजेता टोलीले १ लाख ११ हजार १११ नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछ । उपविजेता टोलीले ५५ हजार ५५५ नगद र सहित प्रमाणपत्र हात पार्नेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडीलाई म्यान अफ द सिरिज पुरस्कार स्वरूप ११ हजार १११ रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ । वेस्ट ब्याट्सम्यान र बेस्ट बलरले जनही ५ हजार ५५५ नगदसहित प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । उदीयमान खेलाडीलाई १ हजार १११ र प्रत्येक खेलमा म्यान अफ द म्याच खेलाडीलाई ट्रफी प्रदान गरिनेछ । प्रतियोगितालाई पाटन नगरपालिकाले प्रायोजन गरेको हो। यस्तै बैतडी युवा समाज र पाटन स्टार युवा क्लबको सहकार्य रहेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:४०
प्रतिक्रिया दिनुहोस्