महिला साफ : नेपाललाई घरेलु मैदानमा उपाधि जित्ने अवसर

बुधबार, मंसिर ७, २०७९
काठमाडाैँ– साफ महिला च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र बंगलादेश खेल्दैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज बेलुका ५ बजे सुरु हुनेछ । खेल जसले जिते पनि साफ महिला च्याम्पियनसिपको इतिहासमा पहिलो पटक नयाँ विजेता बन्नेछन् । यसअघिका सबै साफमा च्याम्पियन रहेको भारतलाइ पराजित गर्दै प्रवेश गरेकाे नेपाल उच्च मनाेबलका साथ मैदानमा उत्रने छ । नेपाललाई घरेलु मैदानमा उपाधि रक्षा गर्ने अवसर रहेकाे छ । साफमा नेपालले पाँचौं पटक फाइनल खेल्दैछ भने बंगलादेशको यो दोस्रो पटक हो । नेपाली महिला टोलीका प्रशिक्षक कुमार थापाले छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि घरमै राख्ने लक्ष्य रहेको बताएका छन् । आजको फाइनल खेलमा नेपाललाई घरेलु मैदान र समर्थकको साथ रहने र यसले पनि जितका लागि मनोबल उच्च पार्ने प्रशिक्षक थापाको भनाइ छ ।  
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:०६
प्रतिक्रिया दिनुहोस्