बार्सिलोना उक्लियो शीर्ष स्थानमा, आज मड्रिडसँग खेल्ने

बुधबार, मंसिर ७, २०७९
काठमाडौं-स्पेनिस लिग फुटबल ला लिगामा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा इल्चेलाई ३–० ले हराउँदै बार्सिलोनाले अंक तालिकामा रियल मड्रिडलाई उछिनेको हो । खेलमा बार्सिलोनालाई विजयी गराउन रोबर्ट लेवान्डोस्कीले दुई तथा मेम्फीस डिपेले एक गोल गरे । खेलको ३४ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा मेम्फीसले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । त्यसपछि ४८ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए । खेलको १४ औं मिनेटमा गोन्जालोले रातो कार्ड पाएपछि इल्चे १० खेलाडीमा समेटिएको थियो । त्यस्तै, ४५ औं मिनेटमा इल्चेका मुख्य प्रशिक्षक फ्रान्सिस्को रोड्रिगेजले रातो कार्ड पाए । ला–लिगाकै अन्य खेलहरुमा भ्यालेन्सियाले सेल्टा भिगोलाई ३–० ले हराउँदा एथ्लेटिक बिल्बाओले रायो भायकानोलाई ३–२ ले तथा मयोर्काले अल्मेरियालाई १–० ले हराएका छन् । शनिबार रातिको खेलपछि ६ खेलबाट १६ अंक जोडेको बार्सिलोना स्पेनिस लिग तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको रियल मड्रिड १५ अंकसहित दोस्रो स्थानमा छ । रियल मड्रिडले आज आइतबार राति आफ्नै शहरको प्रतिद्धन्दी एट्लेटिको मड्रिडसँग खेल्नेछ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:०६
प्रतिक्रिया दिनुहोस्