बहुउद्देश्यीय कभर्ड हल बन्ने

बुधबार, मंसिर ७, २०७९
काठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले भूकम्प स्मृति बहुउद्देश्यीय कभर्ड हलको शनिबार शिलान्यास गरेका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सहयोगमा काठमाडौं महानगरपालिका १५ स्थित डल्लु आवास क्षेत्रमा ६ रोपनी जग्गामा कभर्ड हल निर्माण हुने भएको हो । हलमा भलिबल, ब्याडमिन्टन, टेबल टेनिस लगायत ध्यान, योग, सेमिनार सञ्चालन गर्न सकिनेछ । कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले नेपाल ओलम्पिक कमिटीको पहलमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सहयोगमा बन्ने कभर्ड हलले स्थानीय स्तरमा खेलाडी उत्पादनका सहयोग पुग्ने बताए
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:०६
प्रतिक्रिया दिनुहोस्