फिफा विश्वकप फुटबलको नेपालमा प्रत्यक्ष प्रशारण गर्ने अधिकार मिडियाहवलाई

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ– कतारमा आयोजना हुन लागेको फिफा विश्वकप फुटबलको नेपालमा प्रत्यक्ष प्रशारण गर्ने अधिकार मिडियाहव प्रालिले लिएको छ । काठमाडौँमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मिडिया हबका अध्यक्ष सोमप्रसाद धितालले नेपालका विभिन्न टेलिभिजनहरुबाट फुटबल लाइभ हुने बताए । धितालका अनुसार विश्वको सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिता विश्वकप फुटबल कतार २०२२ को नेपालको भू–सतही, स्याटलाइट, डि।टि।एच, केबल, ब्रोडब्याण्ड एवं मोबाइल तथा अन्य विद्युतिय प्रसारणको एकाधिकार बाट प्राप्त गरी सकेको छ । तसर्थ नेपालमा विश्वकप फुटबल कतार २०२२को, लोगो र मस्कट प्रयोग, प्रशारण, प्रायोजन र प्रतिलिपीको सम्पूर्ण अधिकार मिडिया हब प्रा। लि।मा मात्रै सिमित रहेको पनि जानकारी दिए । समारोहमा टेलिभिजन सिग्नल प्रदायक संस्थाहरु एनआईटिभी स्ट्रीम्ज र भायानेट कम्युनिकेशन्स प्रा।लि।संग पनि सहकार्यको लागि छुट्टा–छुट्टै सम्झौतामा हस्ताक्षर पनि गरिएको छ । दुबै संस्थाहरुसंग गरिएको सम्झौतामा मिडिया हबका तर्फबाट कम्पनिका अध्यक्ष सोम प्रसाद धितालले हस्ताक्षर गरेका थिए भने भायोनेट कम्युनिकेशन्स प्रा।लि।का तर्फबाट कम्पनिका निर्देशक बिनय बोहरा तथा एनआईटिभी स्ट्रीम्ज् तर्फबाट कम्पनिका अध्यक्ष मनोज कुमार अग्रवालले गरेका थिए । सम्झौता अनुसार दुई कम्पनि मार्फत टेलिभिजन लाईन लिएका नेपाली दर्शकहरुले अब बिश्वकप फुटबल २०२२को प्रत्यक्ष प्रशारण हेर्न सक्ने पक्का पक्की भएको छ । त्यसै गरि बिज्ञापन बिक्रि प्रबन्धको लागि एडप्याड एक्युजिशन प्रा।लि। मार्केटिंग पार्टनर रहने गरी अर्को छुट्टै सम्झौतामा दुबै कम्पनीका तर्फबाट हस्ताक्षर पनि भएको छ । एडप्याड एक्युजियशन प्रा।लि। का तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सुरज गिरीले हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:०६
प्रतिक्रिया दिनुहोस्