बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा

बुधबार, मंसिर ७, २०७९
काठमाडौं–हिलाम्य मैदानमा बंगलादेशले भुटानलाई ८–० ले हराउँदै साफ महिला च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ । दशरथ रंगशालामा आज भएको प्रतियोगितामा बंगलादेशले फाइनलमा स्थान बनाएको यो दोस्रोपटक हो । यसअघि २०१६ मा पनि बंगलादेशले फाइनलमा स्थान बनाएको थियो । यस्तै भुटान पहिलोपटक साफको सेमिफाइनलमा स्थान बनाउन सफल भएको थियो । भुटानले समूह चरणमा श्रीलंकालाई ५–० ले हराएको थियो । जुन प्रतियोगितामा भुटानको पहिलो जित थियो । हिलाम्मे रंगशालामा बंगलादेशकी कप्तान सविना खातुनले ह्याट्रिक गरिन् । प्रतियोगितामा साविनाको यो दोस्रो ह्याट्रिक हो । यसअघि उनले पाकिस्तानविरुद्ध पनि ह्याट्रिक गरेकी थिइन् । जारी प्रतियोगितामा यो चौथो ह्याट्रिक हो । सविना बाहेक भारतकी अञ्जु तामाङले माल्दिभ्सविरुद्ध र पाकिस्तानका नादिया खानले माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेका थिए । बंगलादेश प्रतियोगितामा अपराजित छ । बंगलादेशले समूह चरणमा माल्दिभ्सलाई ३–०, पाकिस्तानलाई ६–० र भारतलाई ३–० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको थियो । बंगालदेश समूह ‘ए’को विजेता टोली हो । भुटान समूह ‘बी’को उपविजेता हो । बंगलादेशले अब नेपाल र भारतबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा नेपाल र भारतले आजै साँझ ५ः३० बजे दशरथ रंगशालामै प्रतिस्पर्धा गर्नेछ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:०६
प्रतिक्रिया दिनुहोस्