फुटबल टोली स्वदेश फिर्ता

बुधबार, मंसिर ७, २०७९
काठमाडौं–श्रीलंकामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएर नेपाली टोली स्वदेश बिहीबार फर्किएका छन् । कोलम्बोमा आयोजना भएको प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । बुधबार भएको फाइनलमा १० खेलाडीमा समेटिएको नेपाललाई भारतले ४–० गोल अन्तरले हराउँदै उपाधि जितेको थियो । स्वदेश फर्किएपछि यू–१७ नेपाली टिमका कप्तान प्रशान्त लक्समले छोटो समयमा नै राम्रो नजिता आएको भन्दै सन्तुष्ट रहेको बताए । उनले प्रतियोगीताबाट धेरै कुरा सिक्ने मौका पाएको बताए । भारतले लगातार दोस्रो पटक उपाधि जितेको छ । यस्तै भारतले नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिएको थियो । नेपालले समूह चरणमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:३७
प्रतिक्रिया दिनुहोस्