नेपाल ४-० गोलले अगाडि

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ– महिला साफ चयाम्पियनसीप फुटबल प्रतियोगिताको पहिलो हाफ सकिँदासम्म नेपाल ४–० गोलअन्तरले अगाडि रहेको छ । त्रिपुरेश्वरस्थिति दशरथ रङ्गशाला मैदानमा सोमबार भएको नेपाल र श्रीलङ्काबीच खेलमा नेपाल ४–० गोलअन्तरले अगाडि रहेको हो । नेपालका लागि सरु लिम्बू, रश्मीकुमारी घिसिङ, अमृता जैसी र दिपा शाहीले एक/एक गोल गरे । सरुले खेलको १०औँ मिनेटमा गोल गरिन् भने रश्मीले खेलको ११औँ मिनेटमा गोल गरिन् । अमृताले १७औँ मिनेटमा गोल गर्दा दिपाले खेलको पहिलो हाफको अतिरिक्त समयमा गोल गरिन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:३८
प्रतिक्रिया दिनुहोस्