एन्फा अध्यक्ष नेम्वाङ र फिफा अध्यक्ष इन्फान्टिनोबीच भेटवार्ता

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ– अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोबीच भेटवार्ता भएको छ । नेम्वाङ र इन्फान्टिनोबीच सोमबार कतारको दोहामा भेटवार्ता भएको हो । भेटका क्रममा इन्फान्टिनोले एन्फा नवनिर्वाचित अध्यक्ष नेम्वाङलाई बधाई दिएको र फुटबल विकासका बारेमा छलफल भएको एन्फाले जानएको छ । भेटमा नेम्वाङले इन्फान्टिनोलाई नेपालमा चलिरहेको साफ महिला च्याम्पियनसिप फुटबल र नेपाली फुटबलको गतिविधि बारे जानकारी गराएका थिए । नेम्वाङले फिफाबाट नेपाललाई गरिएको सहयोगप्रति आभार ब्यक्त गर्दै नयाँ कार्यसमिति नेपाली फुटबलको विकासका लागि प्रतिबद्ध रहेको बताएका थिए। नेम्वाङले फिफासँग थप सहयोगको अपेक्षा समेत गरेका थिए । नेम्वाङले उठाएको विषयमा फिफा अध्यक्ष इन्फान्टिनो सकारात्मक रहेको बताईएको छ । नेम्वाङले यसअघि शनिबार कतार फुटबल संघका अध्यक्ष हमाद बिन खलिफा विन अहमद अल थानीसँग पनि भेटवार्ता गरेका थिए ।  
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २३:३८
प्रतिक्रिया दिनुहोस्