नेपाल टी–२० को मेन्टरमा ब्रेट ली नियुक्त, भन्छन्–नेपालको क्रिकेट क्रेज मन पर्‍यो

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– अष्ट्रेलियाका चर्चित पूर्व बलर ब्रेट लीलाई नेपाल टी–२० लिगको मेन्टरमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको नेपाल टी–२० लिगको मेन्टरको नियुक्त गरिएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार आयोजित पत्रकार भेटघाट कार्यक्रम मेन्टरको रुपमा नियुक्त भएका ब्रेट लीले नेपालको क्रिकेट क्रेज आफूलाई मन परेको बताए । फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगका ब्राण्ड एम्बेस्डरको रुपमा ब्रेट ली नेपाल आएका हुन्। पहिलो संस्करणको नेपाल टी–२० लिग असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुँदैछ । प्रतियोगितामा ६ टोलीले प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताका लागि ६ टोलीको पनि टुङ्गो लागेको छ । पहिलो संस्करणमा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले प्रतिष्पर्धा गर्दैछन् ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:३२
प्रतिक्रिया दिनुहोस्