नेपाल टी–२० क्रिकेट लिगको दुई टोली घोषणा

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– असोज ८ देखि कात्तिक ५ गतेसम्म काठमाडौंमा आयोजना हुने नेपाल टी–२० क्रिकेट लिगका लागि दुई टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार थप दुई टोलीको घोषणा गरेको हो । क्यानले यसअघिनै चार टोली र फ्रेन्चाइज मालिकको घोषणा गरिसकेको छ । नयाँ टोलीमा पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेड रहेका छन् । पोखराको मालिकमा पोस्टराज ज्ञवाली, सुबोध त्रिपाठी र अतिस ज्ञवाली छन् । फारवेस्टको मालिक एसआर स्पोर्ट्स एण्ड मिडिया भेन्चर्स युकेका रुपिन्दर बाङ्गा छन् । यसअघि कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स र जनकपुर रोयल्सको घोषणा भइसकेको छ । विराटनगर र जनकपुरको स्वामित्व भारतीय कम्पनीको रहेको छ । यससँगै लिगमा ६ टोलीको सहभागिता पक्का भएको छ । क्यानले कीर्तिपुर स्थिति त्रिभुवन विश्व विद्यालयको मैदानमा आयोजना हुने प्रतियोगिताको आयोजना अधिकार भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको छ । क्यानले यस प्रतियोगितालाई नेपालको पहिलो र एकमात्र आधिकारिक टी–२० लिग भएको दाबी गर्दै आएको छ । यस प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि मान्यता दिईसकेको छ ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:३३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार