नेभिगेशन
जीवनयापन

उपसभामुख पुष्पा भुसाललाई मातृशोक

काठमाडौँ - उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृशोक परेको छ । उपसभामुख गौतमकी आमा ९१ वर्षीय शारदा गौतमको आज बुढानिलकण्ठस्थित निवासमै निधन भएको हो । दिवंगत शारदा गौतम नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक मध्येका एक, वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी जीवन संगिनी हुन् । उनको आज नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय