नेभिगेशन
जीवनयापन

पेरिसडाँडामा माओवादी स्थायी कमिटी बैठक जारी, लाग्ला पदाधिकारीको टुंगो ?

काठमाडौँ - सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेर अघि बैठक शुरु भएको हो । आजको बैठकले यसअघि शुक्रबार बसेको स्थायी कमिटी बैठकले पदाधिकारी टुंगो लगाउने विषयमा छलफल गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् । गत बिहीबार नै पदाधिकारी टुंगो लगाउने भनिएपनि २ पटकसम्म बैठक स्थगित भएको थियो । शुक्रबार बिहान करिब १ घन्टा ढिलागरी सुरु भएको बैठकले पदाधिकारीको टुंगो लगाउने बताइएको थियो । तर, पनि कुनै टुंगोमा नपुगि बैठक स्थगित भयो । माओवादीमा पदाधिकारी चयनको विषय सकस बन्दै गएको छ । पदाधिकारी संख्या थपेर भए पनि आजको बैठकमा प्रचण्डले नाम पढेर सुनाउने संभावना रहेको नेताहरुले बताएका छन् । आकांक्षी ब्यवस्थापन गर्न नसक्दा सकसमा परेका प्रचण्डले पार्टीमा पछिल्लो समय पदको लोभ बढ्दै गएको टिप्पणी गरेका थिए । प्रवक्ता महराले पहिल जस्तो केही बाँकी नभएको र पदाधिकारीको विषयमा गम्भीर र विस्तृत छलफल भएको दाबी गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय