नेभिगेशन
जीवनयापन

विश्वेश्वरप्रसाद कोइरालाका केही अमर वाणीहरु

१. आजको सामाजिक जीवनलाई सुखी बनाउने तात्विक गुणको सूचीमा प्रेम, सौहार्दता, उदारता, परोपकार, छिमेकी प्रति स्नेह, भ्रातृत्वभाव, दया, करुणा, ममता, जस्ता पक्ष कमजोर भइसकेका छन् । २. अपराधका लागि दण्ड जुन कुरो हो, त्यही पापका लागि पश्चाताप आत्मशोध हुन्छ । ३. अन्तप्र्रेरणामा सद्गुण फक्रन्छ । सद्गुण मानिसको आफ्नो स्वतन्त्र निर्णयको उपज हो । यो कसैको करकापबाट हुने आचरण होइन । ४. धनी र समृद्ध देशहरुले गरिब देशहरुको विकासको लागि आफ्नो राष्ट्रिय आयको एक प्रतिशत पनि छुट्याएर दिन तयार नहुनु समृद्ध मुलकमा जातीय स्वार्थभित्र लुकेको समस्याको एउटा दृष्टान्त हो । ५. देश वा राष्ट्र भनेको भूगोल होइन, माटो पनि होइन, यो यथार्थमा जनता हो । राष्ट्रियता प्रजातन्त्रको मलजलमा हुर्कन्छ । ६. राष्ट्रियताको भावनाबाट पे्ररित नेपाली जनताले मात्र गरिबीको चुनौतीको सामूहिक रुपबाट मुकाबिला गर्न सक्छन् । साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय