नेभिगेशन
जीवनयापन

सरल ढङ्गले संक्षेपमा कुरा गर्नुपर्छ

अरुको लामो कुरा सुनिरहँदाको आफ्नो अनुभव सम्झनुहोस् । हाम्रो कारखाना बन्द छ भने पुग्नेमा, लम्ब्याएर हाम्रो कारखाना खुलेको छैन किनकि हिजोआज यो बन्द छ भनिरहनु हुँदैन । हामीले एउटा कुरा भन्दा बुझ्नेले तीनवटा बुझिसक्छ । त्यसैले संक्षेपमा भनौं, विषयमा केन्द्रित रहौं । संक्षेप भन्दैमा बोलीमा मिठासै नराखी, पूरा अर्थ नखुल्ने गरी भन्नु हुँदैन । खान आऊ मात्र नभनी, भात खान आऊ त भन्नै पर्छ । अझ बाबु ! भात खान आऊ भन्नु राम्रो हुन्छ । बन्दुकबाट निस्केको गोली र मुखबाट निस्केको बोली फर्कंदैन । त्यसैले हतारमा धेरै बोल्नेले फुर्सदमा पछुताउनु पर्ने हुन्छ । श्रोतातर्फ हेरेर सरल ढङ्गले कुरा गर्नुपर्छ । श्रोतातर्फ नहेरी कागजमा लेखिएको पढेर गरिएको भाषण प्रभावकारी हुँदैन । साभारः ‘उत्तम ज्ञान’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय