नेभिगेशन
जीवनयापन

सुतीको हारः एक प्रेरक प्रसङ्ग

एक पटक गान्धी देवीपुर पुगे । त्यहाँका मानिसले गान्धीको स्वागतको लागि फूलको धेरै ठूलो–ठूलो हार बनाएर राखेका थिए । उनीहरुलाई देखेर गान्धीले भने, ‘यो हारको ठाउँमा तपाईंहरुले बरु मलाई सुती कपडाको हार लगाइदिनु भएको भए म अझ धेरै खुशी हुनेथिएँ, किनकि सुतीको हार पछि कपडा बनाउनको लागि प्रयोगमा आउने थियो, फजुलमा नाश भएर जाने थिएन । फूलले बोटलाई शोभा दिनेथियो र सबैलार्ई आफ्नो वास्ना र सुन्दरताले आनन्द दिने थियो । त्यो फूल बेकारमा सजावटको लागि या सोखको लागि टिप्नु उचित हुँदैन । बरु यो त सूक्ष्म हिंसा पनि हो ।’ साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय