नेभिगेशन
जीवनयापन

यी हुन् मधुमेह रोगीले खाने तरकारीहरु

आजकल सुगर अर्थात मधुमेह आम समस्या बनेको छ । यसलाई नियन्त्रण गर्न धेरैले सकिरहेका हुँदैनन् । मधुमेहलाई खानपानको माध्यमबाट पनि नियन्त्रण गर्न सकिन्छ । कतिपय खाद्यपदार्थ मधुमेहमा बर्जित छ भने, कति खानेकुरा सेवन लाभदायक मानिन्छ । जस्तै: – लौका बिहान खाली पेटमा लौकाको जुस पिउनाले मधुमेह सम्बन्धी रोगबाट छुटकारा पाइन्छ । – चुकन्दर चुकन्दरमा पोटाशियम र भिटामिन सी भरपुर मात्रामा हुन्छ । यसको सेवनले मधुमेहको रोगीलाई हुने थकान कम हुन्छ र काम गर्न तागत मिल्छ । – करेला करेलाले शरीरमा ब्लड सुगर स्तर नियन्त्रण राख्छ । त्यसैले मधुमेह रोगीले खानामा करेला सामेल गर्नु लाभदायक हुन्छ । – पालुङ्गो पालुङ्गोमा म्याग्निसियम, फोलेट र पोटाशियम पाइन्छ । यसले पनि मधुमेह नियन्त्रण राख्न मद्दत गर्दछ । – भिन्डी भिन्डी मधुमेह रोगीका लागि निकै लाभदायक हुन्छ । यसलाई काँचै वा पकाएर खान सकिन्छ । यसको सेवनले ब्लड सुगरको स्तर नियन्त्रण हुन्छ । – बन्दगोभी बन्दगोभी नियमित खानाले शरीरमा इन्सुलिनको स्तर नियन्त्रित हुन्छ । यसले तौल घटाउन समेत सहयोग गर्छ । – बैगुन मधुमेह रोगीका लागि बैगुनको सेवन लाभदायक हुन्छ । यसले ब्लड सुगरको लेभल बढ्न दिदैन । साथै इन्सुलिनको उत्पादन पनि नियन्त्रण राख्छ । – काउली काउलीमा फाइबर पाइन्छ । यसले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्छ र मधुमेह रोगीको लागि लाभदायक हुन्छ । –प्याज प्याजमा पाइने एसिडले शरीरमा इन्सुलिनको मात्रा बढ्न दिँदैन र ब्लड सुगर पनि सन्तुलित राख्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय