नेभिगेशन
जीवनयापन

घरको उत्तरपूर्वी भागमा के बनाउने ? के नबनाउने ? जान्नुहोस्

कतिपय पुराना चलन तथा परम्परालाई आज पनि विश्वास गरिन्छ । विश्वासका आधारमा मानिसले शास्त्रसँगै भाग्य तथा वास्तुलाई पनि मान्दै आएको पाइन्छ । भाग्यले साथ दिए पनि मानिसले वास्तुमा ध्यान नपुर्‍याउँदा वा वास्तुमा मात्र ध्यान दिई भाग्यले साथ नदिएमा पनि मानिसले उचित फल पाउन सक्दैन भन्ने विश्वास छ । यस्तो अवस्थामा गरेको प्रयासभन्दा आधामात्र फल पाइने विश्वास गरिन्छ । त्यसैले घरको उत्तरपूर्वी दिशामा खराब र भारी वस्तु राख्न नहुने मान्यता छ । मान्यताअनुसार अरु के के गर्नु हुँदैन । – घरको ईशान नैऋत्य कोणलाई सधैँ सफा तथा यस दिशामा हलुका सामान मात्र राख्ने । – यस कोणमा अपवित्र वस्तुहरू, फोहोरमैला तथा कुहिने सामाग्री राख्नु हँुदैन । – यस दिशातर्फ भारी वस्तु, जस्तैः सिमेन्ट, ढुंगा, फलामलगायतका सामाग्री राख्नु हुँदैन । – यस दिशामा भुलेर पनि शौचालय बनाउनु हुँदैन । अन्यथा घरमा कलह हुने मान्यता छ । – घरको उत्तरपूर्वी दिशा सफा नभएमा घरमा दरिद्रता आउने मान्यता छ । – घरको उत्तरपूर्वी कोणका कुनामा प्वाल पार्नु हुँदैन । साथै भग्नावशेषसमेत राख्नु हुँदैन । – यस कोणमा भान्साघरसमेत बनाउनु हुँदैन । यसले हानी गर्छ । ईशान (नैऋत्य कोण) उत्तरपूर्वी दिशामा के गर्ने ? घरको ईशान नैऋत्य कोण अर्थात उत्तरपूर्वी भागको कुनामा मन्दिर बनाउनु पर्दछ । मन्दिरमा भगवान स्थापित गराई नियमित पुजा गर्नु पर्दछ । साथै यस दिशामा घरको कृत्रिम जलप्रवाह वा प्राकृतिक वर्षाको बहाव पनि हुनुपर्दछ । यस दिशालाई सकेसम्म खाली, स्वच्छ र सफा राख्नु पर्दछ । त्यतिमात्र होइन घरका प्रत्येक कोठामा ईशान कोण खाली राख्नुपर्छ । ईशान कोणमा के हुन्छ ? मान्यता अनुसार यदि ईशान कोणमा इनार वा नहर छ भने जमीन हराभरा हुन्छ । विद्यालय छ भने विद्यार्थीहरु पढ्न मन गर्छन् । यस कोणमा अस्पताल छ भने बिरामी छिट्टै निको हुन्छन् । व्यवसायी, व्यापारी तथा कर्मचारी धनी हुने तथा सम्पन्न बन्ने गर्दछन् । यी सबै विश्वास र मान्यतामा आधारित छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय