नेभिगेशन
जीवनयापन

पछिल्लो २४ घण्टामा देशभर विपदका १० घटना

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा १० वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनामा एक जना घाइते भएका छन् । चारवटा पशुचौपाया क्षति भएको छ । प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार चार स्थानमा आगलागी, तीन स्थानमा पहिरो, एक स्थानमा चट्याङ, एक स्थानमा डुङ्गा दुर्घटना र एक स्थानमा बाढीका घटना भएका छन् । घटनाबाट ६ करोड ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय