नेभिगेशन
जीवनयापन

मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

सप्तरी - सप्तरीको हनुमाननगर कङ्कालनी नगरपालिका-५ जोगिनियामा मोटरसाइकल दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि सवार सप्तरीको राजविराज नगरपालिका-९ मलेठ की ४० वर्षीया अनुराधा मेहताको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । भारदहबाट राजविराजतर्फ आउँदै गरेको प्रदेश २-०१-००१ प ७६२ नंको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएकी उनको पनि छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय