नेभिगेशन
जीवनयापन

रसुवामा एकै दिन १२ जना कोरोना संक्रमण

रसुवा - रसुवामा एकै दिन १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ कार्यालय रसुवाका अनुसार पछिल्लो २४ घण्टामा १२ जना संक्रमित थपिएका छन् । ६ जना निको भएका छन् । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २३ पुगेको छ । जिल्लामा हालसम्म १,७१५ जनामा कोरोना पुष्टि भएको कार्यालयको तथ्यांक छ । तीमध्ये १६९० जना निको भएका छन् । कार्यालयका अनुसार कोरोना पुष्टि भएकामध्ये हालसम्म २ जनाले ज्यान गुमाएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय