नेभिगेशन
जीवनयापन

माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु

उदयपुर - उदयपुरको ताप्ली गाउँपालिका-१ स्थित यारी खोलामा माछा मार्ने क्रममा पानीमा डुबी एक युवकको ज्यान गएको छ । ताप्लि गाउँपालिका-१ मादलेका ३५ वर्षीय नगेन्द्र राईको यारी खोलामा माछा मार्ने क्रममा ज्यान गएको हो । राई खोलामा जाल हाली माछा मार्न गएकोमा दहमा डुबी मृत अवस्थामा फेला परेको सूचना प्राप्त हुनासाथ घटना स्थलमा इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी अधिकृतको टोली पुगेको थियो । मृतक राईको शवलाई पोस्टमार्टमको लागि कटारी अस्पताल पठाइएको र अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक मोहन थापाले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय