नेभिगेशन
जीवनयापन

शिक्षक र विद्यार्थीमा कोरोना, एक साताका लागि विद्यालय बन्द

गोरखा - शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि गोरखाको आरुघाट गाउँपालिका-८, आरुपोखरीस्थित दरबार माविको पठनपाठन एक साताका लागि बन्द गरिएको छ । शुक्रबार आरुपोखरीमा ६६ जनाको कोरोना परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाकी स्वास्थ्य सहसंयोजक सुनिता अधिकारीले बताइन् । संक्रमण पुष्टि भएकामध्ये १५ जना विद्यार्थी र एक शिक्षक हुन् । रुघाखोकीको बिरामी बढेपछि विद्यालयको आग्रहमा शुक्रबार एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको अधिकारीले बताइन् । थप संक्रमण फैलिन नदिन भदौ १० गतेसम्म भौतिक उपस्थितिको पठनपाठन बन्द गरेको विद्यालयले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय