नेभिगेशन
जीवनयापन

तारकेश्वरमा पनि देखियो हैजा, संक्रमितको संख्या ५९ पुग्यो

काठमाडौं - काठमाडौंको तारकेश्वर नगरपालिकामा पनि हैजा संक्रमण देखिएको छ । तारकेश्वर-५ का एक जनामा हैजा देखिएसँगै संक्रमितको संख्या ५९ पुगेको छ । हालसम्म काठमाडौं उपत्यकाका १३ पालिकासँगै नुवाकोटको ककनी र धादिङको थाक्रे गाउँपालिकामा हैजा संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार काठमाडौं महानगरपालिकामा सबैभन्दा धेरै २७ जना तथा ललितपुरमा ६ र भक्तपुरमा ३ जनामा हैजा पुष्टि भएको छ । हालसम्म परीक्षण गरिएकामा धारा, ट्युबवेल, जारलगायत सबै स्रोतका पानीमा हैजा फैलाउनसक्ने जीवाणु भेटिएकाले पानी उमालेर मात्रै पिउन महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय