नेभिगेशन
समाचार

प्रचण्ड र भट्टराईबीच छलफल

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । बिहीबार भएको भेटमा चुनावी सहकार्य, तालमेल, गठबन्धन सन्दर्भमा छलफल भएको थियो । नेपाल समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले छलफल सकारात्मक भएको अन्नपूर्णलाई जानकारी दिए । उनले भने, सबै पार्टीका शीर्ष नेताहरुलाई भेट्ने क्रममा आज बिहान अध्यक्षद्वयबीच भेटवार्ता भएको हो । आजको भेटमा चुनावी सहकार्य, तालमेल, गठबन्धन लगायतमा केन्द्रित रहेर छलफल भएपनि निष्कर्षमा पुगेको छैन । पछिल्लो केहि दिनयता भट्टराईले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् । यसअघि भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए । भेटमा भट्टराईले आफूहरु गठबन्धनमा रहेर चुनावमा जाने बताएका थिए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार