नेभिगेशन
समाचार

च्यासलमा एमाले सचिवालय बैठक शुरु

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक शुरु भएको हो ।

मंसिर ४ गतेका लागि तोकिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रणनीति बनाउनका लागि एमालेले केन्द्रीय सचिवालयको बैठक बसेको हो ।

समसामयिक, राजनीतिक र आगामी निर्वाचनमा केन्द्रीत रहेर बैठकमा छलफल हुने अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले जनाएको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै दलहरु आ-आफ्नो तयारीमा जुटेका छन् । सत्तारुढ गठबन्धनसँग एमाले एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार