नेभिगेशन
समाचार

करार शिक्षक हटाएकोमा विरोध : बर्दिबास नगरपालिकाको कामकाज ठप्प

बर्दिबास– महोत्तरीको बर्दिबास नगरपालिकाले करारका शिक्षक हटाएपछि आन्दोलनरत्त शिक्षकहरूले नगरपालिकाको कामकाज ठप्प पारेका छन् । पुर्नवहालीको माग गर्दै आईतवारदेखि आन्दोलनरत्त शिक्षकहरूले आज पाँचौदिन नगरपालिकाको कामकाज ठप्प पारेका हुन् । नगरपालिकाको मूल गेट घेराउ गरेर बिहानैदेखि कार्यालयभित्र जनप्रतिनिधि तथा कर्मचारीहरूलाई पस्न रोक लगाइएको पीडित शिक्षक भिखारी दासले बताए । बर्दिबास नगरपालिकाका पूर्व मेयर विदुर कुमार कार्कीले गत वर्ष ६२ जना करारका शिक्षक भर्ना गर्नु भएको थियो । निर्वाचित मेयर प्रह्लाद कुमार क्षेत्रीले करार शिक्षकहरूको म्याद थप नगरेपछि उनीहरू आन्दोलित भएका हुन् । साउन २० गते नगरपालिकाको शिक्षा शाखाले एक सूचना जारी गर्दै करारका शिक्षकहरूलाई कामकाजमा नलगाउन सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूलाई जानकारी गराएका थिए। यता, बर्दिबास नगरपालिकाका मेयर क्षेत्रीलाई ७८ जना करारका शिक्षक भर्नाका लागि दरखास्त आह्वान गरेकोले नयाँ प्रक्रियाद्वारा आउन शिक्षकहरूलाई आग्रह गरेका छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार