नेभिगेशन
जीवनयापन

राष्ट्रिय गौरवका आयोजनालाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रिय गौरवका आयोजनालाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज संसद् सचिवालय, सिंहदरबारमा बसेको बैठकमा अध्यक्ष तिमल्सिनाले गौरवका आयोजनाहरू मुलुक विकासको मुख्य आधार भएकाले त्यस्ता आयोजनाहरू जतिसक्दो छिटो सम्पन्न गर्नुपर्ने विचार व्यक्त गरे । बैठकमा सांसदहरुले कालिगण्डकी करिडोर निर्माणमा ढिलाइ भएको भन्नुहुँदै समयमा निर्माण सम्पन्न गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए । सडक विभागका महानिर्देशक अर्जुन जङ्ग थापाले कलागिण्डकी करिडोर निर्माणमा भएका प्रगति प्रस्तुत गरे । महानिर्देशक थापाले कर्मचारीको सरुवा, स्थानीयवासीको अवरोध, पहिरो, बजेटको स्रोत सुनिश्चिता नहुनु लगायतका कारण निर्माणमा ढिलाइ भएको जानकारी गराए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना