नेभिगेशन
समाचार

मोदीसँग २.२३ करोड भारु बराबरको सम्पत्ति

काठमाडौँ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग २.२३ करोड भारुभन्दा बढीको सम्पत्ति रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अधिकांश सम्पत्ति बैंक निक्षेपको रूपमा छ । गुजरातको गान्धीनगरमा आफ्नो जग्गा दान गरेकाले प्रधानमन्त्रीसँग अहिले कुनै अचल सम्पत्ति छैन । यो जग्गाको मूल्य एक करोड एक लाख थियो । प्रधानमन्त्री कार्यालय (पीएमओ) को वेबसाइटमा प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । सम्पत्ति विवरण अनुसार ३१ मार्च २०२२ सम्म उनको कूल सम्पत्ति २ करोड २३ लाख ८२ हजार ५०४ रुपैयाँ थियो । योसँगै मोदीको चल सम्पत्ति गत वर्षको तुलनामा २६.१३ लाखले बढेको छ । मोदीले दान गरेको जग्गाको अंश गुजरातको मुख्यमन्त्री हुँदा अक्टोबर २००२ मा किनेका थिए । यस जग्गामा थप ३ जनाको पनि स्वामित्व थियो । यसमा प्रधानमन्त्रीको २५५ हिस्सेदारी थियो । मोदीसँग १ लाख ८९ हजार ३०५ रुपैयाँको जीवन बीमा पनि छ । एजेन्सी
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार