नेभिगेशन
समाचार

म प्रधानमन्त्री बन्ने दौडमा छैन, चुनावपछि पनि छिनाझपटी गर्दिनँ : प्रचण्ड

काठमाडौं - सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताएका छन् । जापानमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले आफूलाई धेरै पटक प्रधानमन्त्री बन्ने अफर आएको तर आफू त्यो दौडमा नरहेको बताएका हुन् ।

‘मलाई यो बीचमा पनि प्रधानमन्त्री बन्ने धेरै पटक अफर आयो । ०७४ सालको निर्वाचनको पछि पनि आयो । म प्रधानमन्त्रीको रेसमा छैन भनें । देशमा राजनीतिक स्थायित्व र विकासको वातावरण बनाउने कुरामा मेरो भूमिका भयो भने मलाई पुग्छ भनेको हो । अहिले पनि छ । तर, म प्रधानमन्त्री बन्ने रेसमा छैन’, उनले भने ।

आफू दुईपटक प्रधानमन्त्री भइसकेको उल्लेख गर्दै उनले आगामी चुनावपछि पनि आफू प्रधानमन्त्री हुन लागि छिनाझपटीमा नरहेको बताए । ‘अहिले एकथरीले यो चुनावपछि प्रचण्ड प्रधानमन्त्री बनिहाल्न खोजेको जस्तो गरी हल्ला गर्न खोजेका छन् । म त्यस्तो छिझपटीमा छैन’, उनले भने । उनले अब आफ्नो चाहना सुशासन र विकासको वातावरण बनोस् भन्ने रहेको पनि बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार