नेभिगेशन
समाचार

सरकारी कर्मचारीको तलबमा बिभेद गर्नु गलत: त्रिपाठी

काठमाडौँ– सांसद हृदयेश त्रिपाठीले सरकारी कर्मचारीको तलबमा बिभेद गर्नु गलत भएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा उनले राजपत्र अनङ्कित कर्मचारी १५ प्रतिशत र राजपत्र अङ्कित कर्मचारीका लागि २४ देखि २६ प्रतिशत तलब वृद्धि गरेर सरकारले बिभेद गरेको बताएका हुन् । आफूहरुलाई बिभेद गरेको भन्दै आन्दोलनरत कर्मचारीहरुको माग सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए । सांसद त्रिपाठीले संविधान जारी भएपछि सबैभन्दा पहिला निजामती ऐन जारी हुनुपर्ने बताउँदै समयमै ऐन जारी नभएका कारण पनि निजामती सेवामा केही समस्या हुने गरेको उनले भने । ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार