नेभिगेशन
जीवनयापन

सफारीबाट ६१ किलो गाँजा बरामद, चालक फरार

मोरङ - मोरङको विराटनगरमा प्रहरीले सीटी सफारीमा राखेर लैजाँदै गरेको अवस्थामा ६१ किलोग्राम गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी निरीक्षक महेन्द्र दर्नालको नेतृत्वमा खटिएको टोलीले विराटनगर महानगरपालिका-१४ जतुवाबाट लागुऔषध गाँजा नियन्त्रणमा लिएको हो । प्रदेश-१ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईका अनुसार प्लाष्टिकमा प्याक गरी को २ ह ४६१० नम्बरको सिटी सफारीमा राखेर ओसारपसार गर्दै गरेको गाँजा बरामद गरिएको छ । सफारीमा राखेर गाँजा पश्चिमबाट पूर्वतर्फ लगिँदै गर्दा बिहान ११ बजेतिर बरामद गरिएको राईले जानकारी दिए । प्रहरीले सफारी पनि नियन्त्रणमा लिएको छ । प्रहरीलाई देख्नासाथ सफारीका चालक भने फरार भएको उनको भनाइ छ । उनले चालकको खोजी तीव्र पारिएको जानकारी दिए । सफारी कसको हो भन्ने खुल्न सकिरहेको छैन । गाँजा र सफारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । नेपालबाट गाँजा भारततर्फ लैजान लागिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना