नेभिगेशन
समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ - संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। मंगलबार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभामा उत्पत्ति भएको ुखानेपानी तथा सरसफाइ विधेयक,२०७७ु का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ुशपथ सम्बन्धी विधेयक,२०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची रहेको संघीय संसदको महासचिव डा।भरतराज गौतमले जनाएका छन्। यस्तै, बैठकमा प्रधानमन्त्री देउवाले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त तथ्यांक विधेयक २०७८ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्‍तुत गर्नेछन्। यस्तै, बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडूले राष्ट्रियसभाबाट सन्देशसित प्राप्त स्ट्याण्डर्ड नाप र तौल ९पाँचौ संशोधन० विधेयक, २०७८ र प्रत्यायन विधेयक २०७८ माथि विचार गरियोस् भनी प्रस्ताव गर्ने कार्यसूची छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार