नेभिगेशन
जीवनयापन

पाल्पामा एकैदिन ३० जनामा कोरोना सङ्क्रमण

पाल्पा– पाल्पामा एकै दिन ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २ सय १५ जनामा गरिएको परीक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । तानसेन नगरपालिकाका १८ जना, रम्भा गाउँपालिकाका ५, माथागढी गाउँपालिकाकाका ३, रैनादेवी छहरा गाउँपालिकाकाका २, निस्दी गाउँपालिका र बगनासकाली गाउँपालिकाकामा १–१ जना गरी ३० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा। राजेन्द्र गिरीले जनकारी दिए । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा गरिएको परीक्षणका क्रममा ३० जना कोरोना सङ्क्रमित देखिएको गिरीले बताए । पीसीआर परीक्षणमा तीन र एन्टिजेन परीक्षणमा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यस अघि जिल्लामा शून्य रहेको कोरोना सक्रिय सङ्क्रमितको सङ्ख्या यो सँगै ३० जना भएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना