नेभिगेशन
जीवनयापन

भक्तपुरमा रुख ढलेर बस र स्कुटर च्यापिँदा तीन जनाको मृत्यु

काठमाडौँ– भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको छ । सडक किनारमा रहेको ठूलो रुखलाई काटेर ढाल्ने क्रममा अर्को दिशातर्फ ढल्दा बस र स्कुटर च्यापिएको भक्तपुर प्रहरीले जनाएको छ । भक्तपुरको सल्लाघारीस्थित इवामुरा अस्पताल नजिकै सल्लाको रुख ढल्दा सडकमा गुडिरहेको यात्रुबाहक बस र स्कुटी च्यापिएका हुन् । घटनामा थुप्रै जना गम्भीर घाईते भएका छन् । प्रहरी र स्थानीयवासी मिलेर घाईतेहरुलाई उद्धार गरी इवामुरा अस्पताल लगिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना