नेभिगेशन
जीवनयापन

एउटै रुखमा झुण्डिएको अवस्थामा तीन किशोरीको शव फेला

काठमाडौँ– झापामा एउटै रुखमा तीन किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको कचनकवल गाउँपालिका–५, पाठामारीको बेल्लेगाउँ नजिकैको सुनकोशी चिया बगानमा रहेको बयरको रुखमा तीन किशोरी झुन्डिएको अवस्थामा फेला परेका हुन् । झुण्डिनेहरुमा पंचम गणेशकी १६ वर्षिया छोरी करिना, पुवालु गणेशकी १७ वर्षिया छोरी अन्जली र वीरवल गणेशकी १६ वर्षिया छोरी कल्पनाको शव आइतबार बिहान साढे ७ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । तीनैजना किशोरीहरु चिया बगानका श्रमिक थिए । आफैँले काम गर्ने बगानमा उनीहरु झुन्डिएको अवस्थामा फेला परेका हुन् । ‘सामूहिक आत्महत्या’ हुनसक्ने भन्दै अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वसन्त पाठकले जानकारी दिए । उनीहरु तीनै जना शनिबार दिउँसो घुम्न भनेर घरबाट हिँडेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना