नेभिगेशन
समाचार

उपसभामुखमा एमालेबाट भट्टराईको मनोनयन दर्ता

काठमाडौं - प्रतिनिधिसभाको उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । संघीय संसद सचिवालय पुगेर भट्टराईले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावक प्रतिनिधिसभा सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् ।

एमालेको तर्फबाट भट्टराईलाई उपसभामुखमा उठाइएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् । पोखरेलले भने, ‘भोलि मनोनयन फिर्ता गर्ने बेलासम्ममा लोसपालाई सघाउने गरी फिर्ता लिने चान्स पनि छ ।’ लोसपाबाट उपसभामुखमा समानुपातिक सांसद चन्दा चौधरीलाई उठाउन सक्ने सम्भावना छ ।

यता पाँच दलीय सत्ता गठबन्धनबाट कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमलाई उपसभामुखमा उम्मेदवार बनाएको छ । भुसालले मनोनयन दर्ता गराइसकेकी छन् । २०७६ सालदेखि खाली उपसभामुख पदका लागि शुक्रबार निर्वाचन हुँदै छ । बुधबार आयोजित प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख चयनका लागि निर्वाचन मिति घोषणासँगै कार्यतालिका सार्वजनिक गरिसकेका छन् । शुक्रबार दिउँसो ३ बजे उपसभामुखका लागि निर्वाचन हुँदैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार