नेभिगेशन
समाचार

समान विचार भएकाहरू एक ठाउँमा केन्द्रित हुनुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विज्ञानलाई विश्व दृष्टिकोणको रूपमा अंगीकार गर्न समान विचार भएकाहरू एक ठाउँमा केन्द्रित हुनुपर्ने बताएका छन् । आज (बिहीबार) ललितपुरको कुपण्डोलमा आयोजित नेपाल विज्ञान तथा सूचना-प्रविधिसम्बन्धी नीति बहसमा उनले यस्तो धारणा राखेका हुन् ।

नेपाली समाज तत्काल वैज्ञानिक विचार आत्मसात् गर्ने स्तरमा नभएको भन्दै उनले यसका निम्ति समान विचार भएकाहरू एक भएर ठूलो बहस शुरु गर्नुपर्ने बताएका छन् । उनले भने, ‘हाम्रो समाज अहिले जुन चेतानामा छ, तपाईंले वैज्ञानिक कुरा गरे पनि तुरुन्तै आत्मसातीकरणका स्तरमा जाने ठाउँमा छैन । त्यसका निम्ति एउटा ठूलो डिबेटको खाँचो छ । विज्ञानलाई विश्व दृष्टिकोणको रूपमा अंगीकार गर्ने, स्वीकार गर्ने नेतृत्व वा पार्टीहरूले त्यो बहस सृष्टि गर्ने आँट गर्नुपर्ने हुन्छ, र त्यसका लागि यस्ता विचार भएकाहरू एक ठाउँमा केन्द्रित हुनु जरुरी छ ।’

राष्ट्र र जनताको विकासका लागि समर्पित हुने चेताना कसरी विचलित हुँदा रहेछन् भन्ने कुराको आफ्नो अनुभव मार्मिक रहेको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘लेनिनले समाजवादी क्रान्ति सम्पन्न गरेपछि ५-६ वर्षपछि एउटा डकुमेन्ट लेख्नु भएको छ । आफ्नै सत्ताको धज्जी उडाएर । लेनिनले आफै सोभियत सत्ता भनेको विकृत भ्रष्ट भएर जान्छ भन्ने थाहा पाएको भए ! भन्नेसम्मको कुरा लेनिनहरूले किन गर्नुपर्‍यो होला भनेर आजभोलि मैले विचार गर्छु ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार