नेभिगेशन
खेलकुद

यू–१९ महिला टी–ट्वान्टी विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

काठमाडौँ– आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ। नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको हो । क्लालालामपुरमा १ सय १८ रनको लक्ष्य पछ्याएको कतार १५ ओभर ४ बलमा ओभरमा मात्र ३८ रनमा अलआउट भयो। नेपालका सृष्टि जैसीले ३ विकेट लिइन्। यस्तै स्नेहा मगर, कृतिका मरासीनी र अनु कठायतले २–२ विकेट लिए। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो। नेपालका लागि आश्मा पुलामी मगर ३२ र सृष्टि जैसी २३ रनमा नटआउट रहे। सानु राजवंशी २१ रन बनाइन भने अञ्जली विश्वकर्माले ११ रन थपिन् । एसिया छनोट खेलिरहेका ६ मध्ये शीर्षस्थानमा रहने टिम दक्षिण अफ्रिकामा हुने पहिलो यू–१९ महिला टी–ट्वानटी विश्वकपमा छनोट हुनेछ। दोस्रो खेलमा नेपालले शनिबार यूएईसँग खेल्नेछ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

आज नेपालले श्रीलंकासँग खेल्दै