नेभिगेशन
खेलकुद

अमेरिकी धनाढ्य बोहली बने चेल्सीको मालिक

काठमाडौँ– इंग्लिस क्लब चेल्सीको किनबेच प्रक्रिया पूरा भएको छ । अमेरिकी धनाढ्य टोड बोहली र उनको नेतृत्वमा रहेको क्लियरलेक क्यापिटल कन्सोर्टियमले आधिकारिक रुपमा चेल्सी किनेका हुन् । धनाढ्य बोहलीले सोमबार एक विज्ञप्ति निकाल्दै ४.२५ विलियन पाउण्डमा चेल्सी खरिद गरेको जानकारी दिएका छन् । चेल्सी किनेपछि बोहलीले क्लबको संरक्षक बन्न पाउँदा सम्मानित महसुस गरेको बताएका छन् । 'हामी चेल्सी फुटबल क्लबको नयाँ संरक्षक बन्न पाउँदा सम्मानित छौं,' उनले भनेका छन्। चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोविचले बेलायतमा बस्न प्रतिबन्ध लागेपछि चेल्सी बेचेका हुन् । रोमनले २००४ मा चेल्सी किनेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

आज नेपालले श्रीलंकासँग खेल्दै