नेभिगेशन
समाचार

बलात्कारको उजुरीमा हदम्याद बारे पुनर्विचार गर्न गगन थापाको माग

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभाका सदस्य गगन थापाले सौन्दर्य प्रतियोगिताका सञ्चालकले एक किशोरीमाथि गरेको बलात्कारको घटनाबारे तत्काल छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा थापाले किशोरी बलात्कार घटनाबारे सरकार र संसदको ध्यानाकर्षण गराउँदै बलात्कारसम्बन्धी कानूनमा रहेको हदम्यादको ब्यवस्थाबारे पुनर्विचार गर्न माग गरेका हुन्। थापाले बैठकमा भने ‘म सम्माननीय सभामुखज्यूमार्फत नेपाल सरकारले तत्कालै अभियुक्तलाई अनुसन्धानमा ल्याउन माग गर्दछु, साथै यसै संसदले बनाएको बलात्कारसम्बन्धी कानून फौजदारी सहिंताको खासगरी हदम्म्याद सम्बन्धी विषयका सन्दर्भमा पुनर्विचार गर्न सरकारलाई निर्देशन दिन माग गर्दछु ।’
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार