नेभिगेशन
समाचार

विर्तामोड नगरपालिकाको मेयरमा एमालेकी महतारा निर्वाचित

झापा - झापाको विर्तामोड नगरपालिकाको मेयरमा नेकपा एमालेकी उम्मेदवार पवित्रा महतरा प्रसाईं निर्वाचित भएकी छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोजराज सिटौलालाई हराउँदै उनी मेयरमा निर्वाचित भएको निर्वाचत अधिकृत डम्बरप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

उपमेयरमा पनि नेकपा एमालेकै उम्मेदवार नगेन्द्रप्रसाद संग्रौला निर्वाचित भएका छन् । उनले सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका सीपी कडरियालाई हराएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार