नेभिगेशन
समाचार

संसद् बैठकमा उपस्थित हुन अर्थमन्त्रीलाई सभामुखको निर्देशन

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा उपस्थित हुन अर्थमन्त्री जनार्दन शर्मालाई निर्देशन दिएका छन् । बिहिबारको प्रतिनिधिसभा बैठकमा उपस्थित नभएपछि सभामुख सापकोटाले सो निर्देशन दिएका हुन् । बुधबारबाट बैठकमा आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफल भइरहेको छ । मंगलबार पेस गरिएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल शुरु भएको हो । तर आजको बैठकमा शर्मा उपस्थित नभएपछि प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले सभामुख सापकोटाको ध्यानाकर्षण गराएका थिए । यस्तै सांसद मिनेन्द्र रिजालले पनि पनि शर्मा उपस्थित नभएको भन्दै विरोध जनाएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार