नेभिगेशन
समाचार

विराटनगर : नागेशलाई ३,६३२ मतको अग्रता, सागर थापाकाे ११ हजार ३१२

विराटनगर - मोरङको विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका नागेश कोइरालाले ३,६३२ मतको अग्रता बनाएका छन् । पछिल्लो मत गणनाअनुसार मेयरमा कांग्रेसका नागेश कोइरालाले १४ हजार ९४४ मत पाएका छन् । कोइरालालाई पछ्याइरहेका एमालेका सागर थापाले ११ हजार ३१२ मत पाएका छन् । मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले ४,६८२ मत पाएका छन् । उपमेयरमा भने एमालेकी शिल्पा कार्की गठबन्धनका उम्मेदवार जसपाका अमरेन्द्र यादवभन्दा झण्डै दोब्बर मतले अघि बढेकी छिन् । शिल्पाले १२ हजार ९२७ मत पाउँदा उनलाई पछ्याइरहेका जसपाका अमरेन्द्रले ७,७७८ मत पाएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार