नेभिगेशन
समाचार

मध्यनेपालको मेयरमा कांग्रेस र उपमेयरमा एमाले बिजयी

लमजुङ- लमजुङको मध्यनेपाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रमेशकुमार पाण्डे विजयी भएका हुन्। उनले ६ हजार ५ सय ५२ मत प्राप्त गर्दा एमालेका राजकुमार श्रेष्ठले ६ हजार २ सय १४ मत प्राप्त गरे । उपमेयरमा भने एमालेकी सीता गुरुङ निर्बाचित भइन् । उनले ६ हजार ४७६ मत प्राप्त गरिन् । माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवार उपेन्द्र अधिकारीले ५ हजार ६५ मत प्राप्त गरे । मध्यनेपालमा यसअघि पनि कांग्रेसले प्रमुख र एमालेले उपप्रमुख जितेको थियो । २०७४ मा एमाले र माओवादी केन्द्रबिच तालमेल भएको थियो भने यसपटक कांग्रेस र मा‌ओवादीले तालमेल गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार