नेभिगेशन
समाचार

वडा सदस्यमा विजयी मगरको मृत्यु, जितको खबर सुन्न पनि पाएनन्

धनकुटा - धनकुटाको चौविसे गाउँपालिका-२ को वडा सदस्यमा पुनः विजयी बनेका ५२ वर्षीय सूर्यअटल मगरको मृत्यु भएको छ । उनी आफू विजयी भएको खबर पनि सुन्न नपाई बेहोस भएका थिए । मधुमेह र उच्च रक्तचापका बिरामी मगरको गए राति मृत्यु भएको जनाइएको छ । अघिल्लो निर्वाचनमा पनि वडा सदस्य निर्वाचित भएका उनले यस पटक पनि नेकपा एमालेबाट ७९२ मतसहित जितेका थिए । तर, जितको खबर भने सुन्नै नपाई उनको निधन भएको हो । मगरका दुई छोरा र पत्नी छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार